युद्ध अन्त्यका लागि इरानको अस्वीकार, फेरि बढ्यो कच्चा तेलको मूल्य

0 Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग सकारात्मक वार्ता भएको दाबी गर्नासाथ सोमबार ह्वात्तै घटेको ब्रेन्ट कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबार बिहान फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि उक्लिएको हो।

मंगलबार बिहान एसियामा ब्रेन्ट कच्चा तेलको मूल्य ३.७५ प्रतिशत बढेर १०३.६९ अमेरिकी डलर पुगेको छ। यसअघि सोमबार ट्रम्पले इरानमा ५ दिन आक्रमण स्थगन गर्ने घोषणा गरेपछि ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढी घटेको थियो।

ट्रम्पले इरानसँग चाँडै शान्ति सम्झौता हुन सक्ने दाबी पनि गरेका थिए। तर इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढेको हो।

सम्बन्धित समाचार