पार्टीको कार्यक्रममा पुगे रवि लामिछाने, बालेन नजाने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगेका छन् । उनी ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रममा पुगेका हुन् ।

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ । यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति लामिछानेले गर्ने कार्य तालिका थियो ।

उनी सोही कार्य तालिकाअनुसार कार्यक्रममा पुगेका हुन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा जाने छैनन् ।

सम्बन्धित समाचार