तीन प्रदेशमा वर्षा हुँदै, आज देशभरको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा बदली रहने छ ।

कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौमस पूर्वानुमान महाशाखाका अनुसार राति कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहने छ । देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार