0
Shares
काठमाडौं । दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । घोराही उपमहानगर १८ बस्ने ५५ वर्षीय ओविराम वलीको हत्या गरेको अभियोगमा श्रीमती ४२ वर्षीया होटी वलीलाई पक्राउ गरेको हो ।
घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओविरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सोधपुछपछि होटीलाई पक्राउ गरेको हो । उनीहरूबीच झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।