हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

0 Shares

काठमाडौं । इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने धम्की दिएका छन् । रक्षामन्त्री काट्जले इरानसमर्थित लेबनानी शिया लडाकु समूह हेज्बोल्लाहले आक्रमणलाई निरन्तरता दिए लेबनानी भूभाग कब्जा गर्ने धम्की दिएका हुन् ।

पछिल्लो समय उत्तरी इजरायलमा हेज्बोल्लाहले तीव्र गतिमा हमला गरिरहेको छ । ती आक्रमण रोक्न लेबनान सरकारलाई चेतावनी दिँदै उनले यदि लेबनानले हेज्बोल्लाहलाई नियन्त्रण गर्न नसके इजरायली सेना आफैँ अघि सरेर लेबनानी भूमि नियन्त्रणमा लिने बताएका हुन् ।

द टाइम्स अफ इजरायलका अनुसार रक्षामन्त्री कट्जले हेज्बोल्लाहले इजरायलतर्फ भारी मात्रामा रकेट प्रहार गरेको उल्लेख गर्दै लेबनानी राष्ट्रपतिलाई कडा सन्देश पठाएका छन् ।

पत्रमा उनले लेबनान सरकारले आफ्नो भूमिबाट इजरायलीमाथि हुने खतरा रोक्न नसकेमा इजरायली सेनाले आफ्ना नागरिकको सुरक्षाका लागि सैन्य बल प्रयोग गरी लेबनानी भूमिमाा कारबाही सञ्चालन गर्नेछ ।

सम्बन्धित समाचार