निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक आज सार्वजनिक सम्बोधन गर्ने भएकी छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने भएकी हुन् ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन भएयता प्रधानमन्त्री कार्कीले पहिलोपटक सार्वजनिक मञ्चमा भाषण गर्न लागेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधान्यायाधीश कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् ।

उनको नेतृत्वमा अन्तरिम सरकारले शान्तिपूर्ण रुपमा चुनाव गराएर आफ्नो मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको छ ।

सम्बन्धित समाचार