0
Shares
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २६ वर्षीय उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरे ।
यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत पाए ।