0
Shares
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग झिनो मतले पराजित भएका हुन् ।
स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मत ल्याए । तेस्रो स्थानमा नेकपा एमालेका दीपक बहादुर साउदले ७ हजार ३८९ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याए ।