झापा २ बाट रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा रानामगरले फराकिलो अग्रता बनाएकी छिन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार रानामगरले २० हजार ५३४ मत प्राप्त गरेकी छिन् । उनले निकटतम प्रतिद्वन्द्व एमाले उम्मेदवार देवराज घिमिरेलाई १६ हजार ७०५ मतले पछि पारेकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले उम्मेदवार घिमिरेले ३ हजार ८२९ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार