0
Shares
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विजयी भएका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवार मीना कुमारी खरेललाई ३९ हजार ८३८ मतान्तरले पराजित पार्दै विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ५४ हजार २७६ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी खरेलले १४ हजार ५६४ मत प्राप्त प्राप्त गरेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलले जानकारी दिए ।
तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ८७ हजार २ सय २१ तत खसेको थियो ।