रुकुम पूर्वमा प्रचण्डको जित निश्चित, चौथो बन्यो रास्वपा

0 Shares

काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ। उनी ८ हजार ७४७ मतसहित अगाडि रहेका छन् ।

उनको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले तीन हजार १७ ल्याएका छन् । उनीहरूबीचको मतान्तर ५ हजार ७२९ रहेको छ । अब गन्न बाँकी मत ३ हजार ३६५ मात्रै छ ।

हिजो भएको प्रतिनिधि सभाको चुनावमा १९ हजार १८८ मत खसेको थियो । अहिलेसम्म १५ हजार ८२३ मत गणना भइसकेको छ ।

तेस्रो स्थानमा रहेका कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, रास्वपाको लखन कुमार थापाले ७१२ मत ल्याएका छन् ।

 

सम्बन्धित समाचार