0
Shares
काठमाडौं । चर्चित चुनावी क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई थप बलियो बनाउँदै लगेका छन् ।
भर्खरै सार्वजनिक मत परिणामअनुसार बालेनले ६ हजार ५५१ मत ल्याउँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले जम्मा १४ सय २८ मत ल्याएका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मदेवार मन्तरा चिमोरियाले जम्मा २१६ र नेकपाका रञ्जित तामाङले १६५ मत पाएका छन् । सुरुवातदेखि नै बालेनले अग्रता लिइरहेका छन् ।