0
Shares
काठमाडौं । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगातार दोस्रो हार भोग्नुपर्ने प्रारम्भिक दृश्य देखिएको छ।
त्यहाँ सुरुवाती मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले तेब्बर बढी मतको अग्रता कायम गरेका छन्।
हालसम्मको मतगणनाअनुसार आचार्यले २,४२९ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले० का महासचिव पोखरेलले ५८३ मत पाएका छन्।
अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७ मत र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन्।