बैंकको कालोसूचीमा परेका रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

0 Shares

काठमाडौं । निर्वाचनको मिति तीन दिन बाँकी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ ।

निर्वाचन आयोगका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज भएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज गरिएको हो ।

यो क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार छन् ।

सम्बन्धित समाचार