हतियारसहित भक्तपुरमा एक जना पक्राउ

0 Shares

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका ९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका ८ भुम्डोलमा बसोबास गर्दै आएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको हो ।

निजबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद गरिएको छ ।

सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ ।

सम्बन्धित समाचार