साताभर सुनको मूल्यमा उतारचढाव, १० हजार २०० बढ्दा कति पुग्यो?

0 Shares

काठमाडौं । पछिल्लो एक साता नेपाली बजारमा सुन मूल्य भारी मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावका कारण नेपाली बजारमा सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार गत फागुन ८ मा सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन यो साताको अन्तिम कारोबार अर्थात १५ सम्म आइपुग्दा ३ लाख १४ हजार ९०० रुपैयाँ पुगेको हो ।

साताको सुरुमै सुन मूल्यमा उच्च वृद्धि भएको थियो । फागुन १० गते आइतबार सुनको मूल्य एकैदिन ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३०० पुगेको थियो ।

फागुन ११ गते पुनः ३ हजार २०० रुपैयाँले बढ्दै ३ लाख १३ हजार ५०० मा कारोबार भयो । १२ गते थप बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो । १३ मा मूल्य स्थिर थियो। फागुन १४ मा सुनको मूल्य फेरि उकालो लागेर ३ लाख १५ हजार ४०० रुपैयाँ पुग्यो ।

साताको अन्तिम दिन फागुन १५ मा सुन मूल्य ५०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । साताभर सुनको मूल्यमा भारी उतारचढाव हुँदा शुक्रबारसम्म आइपुग्दा १० हजारभन्दा बढी मूल्य बढेको हो ।

सम्बन्धित समाचार