0
Shares
काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई ध्यान दिँदै ३ दिन सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०गतेदेखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो । यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।