बालेनलाई मत माग्न रवि आज झापा जाँदै

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज (मंगलबार) झापा जाँदैछन्।

लामिछाने आफ्नै पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लगायत पार्टीका उम्मेदवारको चुनावी प्रचार कार्यक्रममा सहभागी हुन झापा जान लागेका उनको सचिवालयले जनाएको छ।

लामिछानेको सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार उनी मंगलबार बिहान ८ बजे चन्द्रगढी विमास्थल पुग्नेछन्।

त्यसैगरि मंगलबार बिहान पौने ९ बजे काँकडभिट्टा, ९ बजे धुलाबारीरोड, साढे नौ बजे बिर्तामोड, १०ः २० मा सुरुगा चोक हुँदै ११ बजे दमक पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

आजै रास्वपाले इटहरीमा चुनावी सभा गर्दैछ। त्यहाँ रवि र बालेन दुवै सहभागी हुने रास्वपा स्रोतले जनाएको छ।

रवि लामिछाने चितवन २ बाट तेस्रोपटक उम्मेदबार बनेका छन्।

सम्बन्धित समाचार