नेशनल लाइफको ३९औँ वार्षिकोत्सवमा कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा कार्यक्रम गरी सम्पन्न भएको छ । काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन भूमिका खेल्ने कर्मचारी, अभिकतासहित सबैप्रति आभार व्यक्त गरिन् ।

उनले सेवाग्राहीलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप कर्मचारीलाई प्रविधिमा थप दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको बताइन् । यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टिलिजेन्स (एआई) सम्बन्धि विस्तृत तालिम प्रदान गरिएको बताइन् ।

समारोहमा, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बिमितलगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे ।

उनले नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरेका थिए। यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगृहलाई शैक्षिक सामाग्री वितरणसँगै खाना खुवाउने व्यवस्था गरिएको थियो ।

उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराउँदै शारीरिक तथा मानिसिक रुपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार