बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँ बढेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिका कारण स्थानीय बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार