0
Shares
काठमाडौं । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइते दुई जनालाई उपचारका लागि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।