झापा पुगेर बालेनले लेखे- सुन्दर पूर्वी तराई

0 Shares

काठमाडौं । सुदूरपश्चिमलाई स्विट्जरल्यान्डसँग दाँजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी तराईलाई सुन्दर भनेका छन्।

चुनावी अभियानका क्रममा शनिबार झापाका पुगेका शाहले सामाजिक सञ्जालमा अपराह्नतिर खिचिएको तस्बिर राखेका छन्। उनले लेखेका छन्, ‘सुन्दर पूर्वी तराई।’

तीन दिनअघि सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले बाजुराको बडिमालिकालाई स्विट्जरल्यान्डको बाउ भनेका थिए। उनले खप्तड लगायतका पर्यटकीय स्थलको चर्चा गरेका थिए।

त्यसको भोलिपल्ट कर्णाली प्रदेशको सुर्खेत पुगेका उनले रारा तालको प्रशंसा गरेका थिए। सुर्खेतबाट काठमाडौँ फर्किएका शाह आज चुनावी अभियानका लागि झापा पुगेका हुन्।

 

सम्बन्धित समाचार