0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दिइएको छ ।
युवराज सफलले गृह मन्त्रालयमा बालेनविरुद्ध उजुरी दिएका हुन् । शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न उनको माग छ ।
बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरी उल्लेख गरेको छ ।
उनले झुटो विवरण पेश गरेर थर परिवर्तन गरेकाले नागरिकता रद्द गर्नुपर्ने दाबी छ । यसअघि उनै सफलले रास्वपा सभापति रवि लामिछानेविरुद्ध नागरिकतासँगै पासपोर्टबारे अदालतमा उजुरी दर्ता गरेका थिए ।
