मतदाताले दिए प्रचण्ड र महावीरलाई ‘चुनाव खर्च’

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै ‘चुनाव खर्च’ दिएका छन् ।

प्रचण्डलाई सिस्ने गाउँपालिका–८, धपेका शहीद परिवारले निर्वाचन परिचालनका लागि भन्दै संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेको प्रचण्डको सचिवालयले जनाएको छ । सशस्त्र युद्धकालमा शहीद भएका हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सिस्नेको ८ नम्बर वडाबाट युद्धकालमा २० जना राज्य पक्षबाट मारिएका थिए । तिनलाई प्रचण्ड नेतृत्वको सरकारले शहीद घोषणा गरेको थियो ।

शहीद परिवारले प्रचण्डलाई दिएको सो रकम प्रचण्डले निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरेका थिए । संयोजक प्रचण्डले शहीद परिवारको सहयोग सांकेतिक तर शक्तिशाली भएको बताएका थिए ।

 

सम्बन्धित समाचार