0
Shares
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ ।
यो बिहीबार सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला तीन लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतार चढावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन हुँदै आएको छ ।