0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ।
पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०को उपस्थितिमा सभा गर्न लागिएको रास्वपाका नेता कविन्द्र ठकुल्लाले जानकारी दिए।
‘धनगढीको पशुपति टोल (महोत्सव स्थल) मा हामीले सभापति र वरिष्ठ नेताको जनसम्बोधनसहितको कार्यक्रम राखेका छौँ,’ नेता ठकुल्लाले भने, ‘सभामा रवि र बालेनसँगै सुदूरपश्चिमका सबैजसो जिल्लाका निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारले पनि सम्बोधन गर्नुहुनेछ।’
बुधबार बिहान ११ बजेदेखि सुरु हुने सभामा हजारौँको उपस्थिति रहने उनले बताए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लामिछाने चितवन २ र बालेन झापा ५ बाट उम्मेदवार छन्।