सुनचाँदीको मूल्य भारी गिरावट, आज कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १२५ रुपैयाँले गिरावट आएको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार