0
Shares
काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा घटबढ भएको छ । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला दुई हजार ३०० रुपैयाँले बढेको छ । योसँगै आज सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।