चुनावी अभियान थाल्न फेरि झापा जाँदै केपी ओली

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि निर्वाचन क्षेत्रका मतदातासँग भेट्न झापा जाने भएका छन् । ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गर्ने भएका हुन् ।

ओली यसअघि माघ २३ गते झापा गएर ७ दिन बसेका थिए । काठमाडौं फर्किएलगत्तै उनी आजको कार्यक्रममा सहभागी हुन झापा जाने भएका हुन् । ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुने छन् ।

ओली फागुन ६ गतेसम्म झापामै बस्ने छन् । यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदै छ ।

सम्बन्धित समाचार