कास्कीका मतदान स्थलः ५६ अति संवेदनशील, ५४ संवेदनशील

0 Shares

काठमाडौं । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदान स्थल रहेका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी र्दिए ।

निर्वाचन क्षेत्रअन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदान स्थल छन् । क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदान स्थल छन् ।

त्यस्तै, क्षेत्र नं ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदान स्थल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुुसार मतदान स्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रुपमा अनुगमन भइरहेको छ ।

तीन वटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा कूल मतदाता संख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ ।

सम्बन्धित समाचार