पाथीभरा पुगेर प्रधानमन्त्री गरिन् शान्तिपूर्ण निर्वाचन हुने कामना

0 Shares

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारीसँगै शान्ति सुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन ताप्लेजुङ पुगेकी छन् ।

यस क्रममा उनले बिहान पाथीभरा माताको पूजाअर्चना गरेकी थिइन् । पूजाअर्चनापछि उनले ‘फागुन महिना, निर्वाचन महिना, पाथीभराबाट सुरुआत, शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’ भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार