सहकारी ठगीको मुद्दामा तारेख धान्न पोखरा जाँदै रवि, चुनावी प्रचार पनि गर्ने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी कार्यक्रममा सहभागी हुन पोखरा जाने भएका छन् । उनले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।

रास्वपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार, लामिछानेले कास्कीको तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट गर्ने छन् । बेलुकी ५ बजे चिप्लेढुंगाको कार्यक्रम सकेपछि पोखरामै बस्ने छन् ।

बिहीबार उनी जिल्ला अदालत, कास्कीमा उपस्थित हुने छन् । बिहीबार तारेख भएसँगै अदालतमा सहभागी हुने स्रोतले जनाएको हो । लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा विचाराधीन छ ।

सम्बन्धित समाचार