सुनचाँदीको मूल्यमा भारी उतारचढाव, आज कति पुग्यो?

0 Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य भारी मात्रामा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । जसअनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि भारी मात्रामा बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार