0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार भएसँगै उनलाई भेट्न अस्पतालमा मानिसको भिड लागेपछि डिस्चार्ज गरिएको हो ।
गत माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो ।
कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् । दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो । खुट्टा रातो भयो ।
चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लाग्यो ।