0
Shares
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका छन् ।
साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४०९ जना नयाँ डेङ्गु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसमध्ये सबैभन्दा धेरै धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेङ्गु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।
डेङ्गु संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गर्मी मौसम सुरु भएसँगै डेङ्गु संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाह गर्ने स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए ।