निर्वाचन आयोगलाई हर्कको जबाफ- जाबो चुनाव प्रचार गर्न केटाकेटीको साहरा लिनु पर्दैन

0 Shares

काठमाडौं । निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जबाफ दिएका छन्।

निर्वाचन आयोगलाई साम्पाङले दिएको जबाफमा बालबालिकाहरू ‘आमाबाबालाई पछ्याएर आएका हुन सक्ने’ उल्लेख गरेका छन्।

‘मलाई कुनै जानकारी छैन’, साम्पाङले निर्वाचन आयोगलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिकालाई ल्याएर कुनै पनि काममा अह्राएको छैन, फकाएर या डर धम्की या प्रलोभनमा पारेर कसैलाई नियतवश प्रचारमा लगाएको छैन ! लाखौं समर्थक भएको मलाई जाबो चुनाव प्रचार गर्न कै लागि बालबालिका, केटाकेटीको साहरा लिनु पर्ने के नै खाँचो छ र !’

निर्वाचन आयोगले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरिएको भन्ने उजुरीका आधारमा साम्पाङलाई स्पष्टीकरण सोधेको थियो।

 

सम्बन्धित समाचार