0
Shares
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको अर्को पेसी जेठ १ गते हुने भएको छ ।
उच्च अदालतमा दर्ता भएको मुद्दाको पेसीमा आज न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ रोकेको थियो । आइतबार पेसी तोकिए पनि उनको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा थियो ।
उनको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा थियो ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।