रास्वपाका वरिष्ठ नेता बालेन बझाङ पुगे 

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार डडेल्धुरा, बैतडी हुँदै बझाङ पुगेका छन् । यसअघि उनले पूर्वी क्षेत्रको भ्रमण गरेका थिए ।

यतिबेला उनी सुदूरपश्चिम भ्रमणमा छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि उनको चर्चा झनै चुलिएको छ ।

बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित समाचार