प्यूठान । नेपाली कम्युनिष्ट पार्टी प्यूठानले पालिकास्तरका चुनावी भेटघाट कार्यक्रमलाई तिव्रता दिइरहेको छ । मंगलवारसम्म जिल्लाका नौ मध्ये ६ पालिकामा चुनावी भेटघाट कार्यक्रम पुरा भइसकेको पार्टीका केन्द्रीय सदस्य मिलन एमसीले जानकारी दिए ।
जिल्लाका झिमरुक, गौमुखी, सरुमारानी, ऐरावती, माण्डवी र नौवहिनी गाउँपालिकामा कार्यक्रम गरिएको एमसीले बताए । बुधवार प्यूठान नगरपालिकामा कार्यक्रम गर्ने योजना रहेको उनको भनाई छ ।
मंगलवार उत्तरी प्यूठानमा रहेको गौमुखी गाउँपालिकामा आयोजित कार्यक्रममा स्थानीय, नेता, कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको उनले बताए । कार्यक्रमलाई प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं पार्टीका केन्द्रीय सदस्य कृष्णध्वज खड्का सहित केन्द्रीय सदस्यहरु नारायण अधिकारी (प्रकाश), झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, समानुपातिक उम्मेदवार उमा अधिकारी र पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य एवं गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानामगर लगायतले सम्वोधन गरेका थिए ।
पालिकास्तरका भेटघाट कार्यक्रम सकिएलगत्तै वडास्तरमा पुग्ने योजना रहेको नेकपा प्यूठानले जनाएको छ ।