0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासित भएका छन् । पार्टीको निर्णयविपरीत सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू निष्कासित भएका हुन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा सिन्धुली २ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका आकांक्षी थिए । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ९राजन० रहेका छन् । लेखनाथले गत निर्वाचनमा सिन्धुली २ बाट चुनाव जितेका थिए । बागी उम्मेदवार महेश्वरलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन् ।