0
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा हाजिरी गरेर चितवनमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सहकारी ठगी मुद्दामा धरौटी रकम बुझाएर हाजिरीमा छुटेका उनी रुपन्देही हिँडेका छन् ।
मंगलबार जनकपुरको सभा सकाएर लामिछाने चितवन पुगेका थिए । आज हाजिरी गर्नुपर्ने भएकाले बिहानै अदालतमा हाजिरी हुन रुपन्देही गएका हुन् । उनी अदालतको काम सकेर चितवन फर्किने छन् ।
रास्वपा जिल्ला समिति चितवनले चितवन क्षेत्र नम्बर २ को मनोनयन दर्ता समय साढे १ बजेलाई राखेको छ । यो क्षेत्रबाट लामिछानेले उम्मेदवारी दिने भएका छन् ।
यस्तै, क्षेत्र नम्बर १ मा ३ बजे र ३ मा साढे २ बजे समय राखेको छ । रास्वपाले चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल र ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ ।