0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट अर्जुन थापालाई उम्मेदवार बनाएको छ ।
विद्यार्थी राजनीतिबाट उदाएका ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका ७ धारापानीका निवासी हुन् । राजनीतिसँगै समाज सेवामा लाग्दै आएका उनले १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने स्वतन्त्र रक्तदाता समूहका नेतृत्वकर्तासमेत हुन् ।
अघिल्लो चुनावमा कांग्रेससँग मिलेको माओवादीले प्रदेशमा २ सिट जितेको थियो । प्रतिनिधि सभामा कांग्रेसलाई सघाएको तत्कालीन माओवादीले यसपटक आफ्नै उम्मेदवारी उठाएको हो ।