प्युठानबाट कृष्णध्वज खड्का उम्मेदवार

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णध्वज खड्काले टिकट पाएका छन् । पार्टी केन्द्रीय सदस्य एवम् पूर्व लुम्बिनी प्रदेशका सांसद एमव् मन्त्री खड्काले आगामी फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार हुने भएका हुन् ।

नेकपा एमालेबाट भने सूर्यबहादुर थापा क्षेत्री उम्मेदवार हुने निश्चित भएको छ । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले भने उम्मेदवार फाइनल गरेको छैन । यस्तै खड्काकी श्रीमती एवम् पूर्व मन्त्री रेखा शर्मा भने चुनाव नलड्ने घोषणा गरी सकेकी छन् ।

दाङ २ बाट यसअघि निर्वाचनमा शर्माले एमाले महासचिव शंकर पोखरेललाई हराएर चर्चामा आएकी थिइन । लगतै सञ्चार मन्त्री समेत भएकी थिइन । यो चुनावमा भने दाङ २ बाट निर्मल आचार्य चुनाव लड्ने भएका छन् ।

सम्बन्धित समाचार