नेकपाले बझाङमा टुंग्यायो उम्मेदवार, युवा नेता मीन बहादुर कुवरलाई टिकट

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बझाङ जिल्लाबाट युवा नेता मीन बहादुर कुवर (बिश्वास)लाई उम्मेदवार बनाउने भएको छ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बझाङबाट प्रतिनिधिसभा निर्वाचन लड्नको लागि टिकट दिएको कुवरले बताएका छन्।

‘कमरेड प्रचण्डबाट निर्वाचन सफलताको शुभकामना र भावी राजनीतिक मार्गचित्रका बारे सुस्पष्ट शुभकामना पनि ग्रहण गरेको कुवरले जनाए ।

कुवर नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।

यस निर्वाचन क्षेत्रमा २०७९ को निर्वाचनमा एकीकृत समाजवादीका नेता भानुभत्त जोसी निर्वाचित भएका थिए । सो निर्वाचन क्षेत्रबाट यो पटक एमालेका ऐन महर पनि उम्मेदवार बनेका छन् ।

बझाङका स्थानीयसँग घुलमिल भएको र स्थानीय विकास एवंम् संटकमासँगै रहेकाले पनि आफूलाई चुनावी अभियान चलाउन गाह्रो नभएको कुवरले बताए ।

सम्बन्धित समाचार