विशेष महाधिवेशनमा नआउने पनि कांग्रेस नै हुन्, टिकट वितरणमा कसैलाई काखापाखा गर्दिनँ : गगन थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।

निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि उनले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’

उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिंदैन ।’

सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार