0
Shares
काठमाडौं । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिने भएको छ ।
एकता सम्झौता गरेको दुई साता नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुलमान घिसिङ बाहिरिने निश्चित भएको हो ।
तत्कालै नयाँ समझदारी बने मात्रै कुलमानले अगाडि बढाएको उज्यालो नेपाल पार्टी रास्वपामा जोडिने नभए बहिरिने भएको उनी निकटस्थ एक नेताले जनाए ।
बुधबार नै मन्त्री पदबाट राजीनामा दिँदा रास्वपासँगको एकता टरेको घोषणा गर्न खोजेका कुलमान एकपटक रवि लामिछानेसँग कुरा गर्न निकटस्थहरूले आग्रह गरेपछि रोकिएका थिए।
शुक्रबार रास्वपा सभापति रविसँग कुलमान छलफलमा बसे तर, कुलमानले चित्त बुझाएन ।
‘उज्यालो नेपाल पार्टीलाई अगाडि बढाउने निश्चित जस्तै भयो, अब निकै ठूलो सम्झौता भयो भने रोकिएला नत्र उहाँको मनस्थिति रास्वपासँग मिलेर जाने छैन,’ शुक्रबार बौद्धमा भएको छलफलमा सहभागी एक नेताले जनाए ।