राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ गएका छैनन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको सभामा ती दुई नेता नगएका हुन् ।

बालेन र कुलमान आजको एकता सभामा उपस्थिति नभएपनि रास्वपा र सबै पार्टीहरूबीचमा भएको एकताअनुसार बृहत् एकतासभाको तयारी भने भइरहेको जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुपदेव साहले आजको कार्यक्रम पश्चिमका केही जिल्लाबाट पार्टीमा प्रवेश गर्नेहरूलाई लक्षित गरेर भएको र बृहत् एकतासभाको तयारी भइरहेको बताए । साथै, उनले केही दिनभित्र नै त्यस्तो सभा हुने बताए ।

पछिल्लो समयमा रास्वपासँग कुलमान घिसिङ आबद्ध भएको उज्यालो नेपाल पार्टी, विवेकशील पार्टी, खगेन्द्र सुनार नेतृत्वको पार्टी, बालेन साहको समूह लगायतले एकता गरेका छन् । सो एकताको बृहत् सभा गर्ने तयारी पार्टीले गरिरहेको भुपदेव साहले खबरहबलाई बताए ।

सम्बन्धित समाचार