सुनमा भारी गिरावट, आजको मूल्य कति ?

0 Shares

काठमाडौं । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मूल्यमा भारी गिरावट भएसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक ३४ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्यमा पनि प्रतितोला २७ सय रुपैयाँले गिरावट हुँदै एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार