रास्वपाको घोषणा सभा हुँदै

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट र थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुनेछ। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुनेछन् ।

यसअघि, रास्वपामा काठमाडौंका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टी जोडिएका थिए ।

सम्बन्धित समाचार