टी २० विश्वकप खेल्ने अष्ट्रेलिया टोली घोषणा, चर्चित खेलाडी बने ‘आउट’

0 Shares

काठमाडौं । एक दिवशीय क्रिकेट विजेता टोली अष्ट्रेलियाले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर जेक म्याकगुर्क फ्रेजर पर्न सकेनन् ।

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका फ्रेजर पर्ने अनुमान गरिएको थियो ।

यस्तै, मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेलसँगै मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेडजलवुड छन् । म्याक्सवेल, टिम डेविड र ट्रविस हेड जस्ता आक्रामक ब्याटर टोलीमा स्थान बनाएका छन् ।

आगामी २ जुनदेखि सुरु हुने विश्वकपमा समूह ‘बी’ मा अष्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड परेको छ । सन् २०२१ को टी २० विश्वकप विजेता अष्ट्रेलिया यस संस्करणको पनि उपाधि दाबेदार टोली हो ।

अष्ट्रेलियाको टोलीमा मिचेल मार्श (कप्तान), एश्टन अगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा रहेका छन् ।

सम्बन्धित समाचार